Online Nepal
  • बुधबार, ३ पुष २०८१
  • शिक्षासहित चार वटा समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

    शिक्षासहित चार वटा समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

    अनलाइन नेपाल
  • बुधबार, ३ पुष २०८१
  • 39
    SHARES

    काठमाडौं । सङ्घीय संसद् अन्तर्गत विभिन्न चार वटा समितिको बैठक आज बस्दै छ ।

    आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।



    बिहान ९ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।



    यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनबारे छलफल हुनेछ ।

    सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने तयारी छ ।

    यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार