Online Nepal
  • मंगलबार, २ पुष २०८१
  • तस्करी र राजस्व चुहावटको समस्या तत्काल रोक्न गृहमन्त्रीको निर्देशन

    तस्करी र राजस्व चुहावटको समस्या तत्काल रोक्न गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २ पुष २०८१
  • 126
    SHARES

    बुटवल । गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशमा राजस्व चुहावट र तस्करीको समस्या तत्काल रोक्न निर्देशन दिएका छन् ।

    भैरहवामा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् । सीमापार अपराधको समस्या र चुनौती रहेको गृहमन्त्री लेखकको भनाइ छ ।



    गृहमन्त्री लेखकले राजस्व चुहावट, तस्करी र सीमापार अपराध तुरुन्त रोक्न सुरक्षा निकायलाई निर्देशन दिए ।



    गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने बताए।

    गृहमन्त्री लेखकले भने,‘२०८४ को चुनावसम्म यही गठबन्धन रहन्छ कुनै तल–माथि हुन्न । अहिलेको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको छ ।’

    संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्ने गृहमन्त्री लेखकले बताए । गृहमन्त्री लेखकले लुम्बिनीमा लागूऔषध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना, साइबर क्राइम जस्ता अपराध रहेको बताए।

    समाजमा द्वन्द्व र अराजकता निम्ताउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार भएको भन्दै गृहमन्त्रीले कानुनी शासनमा भीडले प्रभावित गर्ने प्रयास भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार