Online Nepal
  • मंगलबार, २ पुष २०८१
  • रविमाथि प्रहरीले कुनै अमानवीय व्यवहार गरेको छैन : गृहमन्त्री लेखक

    रविमाथि प्रहरीले कुनै अमानवीय व्यवहार गरेको छैन : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • आइतबार, ३० मंसिर २०८१
  • 174
    SHARES

    चितवन । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि प्रहरीले कुनै पनि अमानवीय व्यवहार नगरेको दाबी गरेका छन् ।

    भरतपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    सरकारले कसैमाथि पनि प्रतिशोधपूर्ण व्यवहार नगरेको दाबी गर्दै गृहमन्त्री लेखकले कानुनले तोकेको समयभन्दा बढी कसैलाई पनि थुनामा नराखेको र अदालतले दिएको समयभित्र अनुसन्धान गरी अदालतमा नै पेस गरेको बताए ।



    पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामिछानेमाथि गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको उनको भनाई छ ।

    गृहमन्त्री लेखकले प्रचण्डको टिप्पणी अदालत र देशको कानुनलाई प्रभावित बनाउने खालको भएको बताए ।

    पूर्वप्रधानमन्त्री प्रचण्डले केही समय अगाडि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए।

    चितवनको भरतपुरमा २५ मंसिरमा भएको कोण सभामा पनि उनले लामिछानेको बचाउ गर्दै सरकारले एकपक्षीय रूपमा व्यवहार गरेको बताएका थिए ।

    चितवनबाट पोखरा लैजाँदा लामिछाने माथि अमानवीय व्यवहार गरिएको भनेर गरिएको आलोचनामा कुनै पनि सत्यता नरहेको गृहमन्त्री लेखकको प्रष्टीकरण थियो । हरेक नागरिकको मानव अधिकारप्रति सरकार सचेत रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार