Online Nepal
  • बुधबार, २ माघ २०८१
  • दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित

    दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित

    अनलाइन नेपाल
  • शनिबार, २९ मंसिर २०८१
  • 237
    SHARES

    एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ ।

    शनिबार भएको मतदानमा २ सय ४ सांसदले राष्ट्रपति योओलविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका हुन् ।



    यससँगै उनी पदबाट निलम्बित भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने छन् ।

    संसद्बाट महाभियोग प्रस्ताव पारित भएसँगै युनले अब संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । उनीविरूद्धको महाभियोग प्रस्तावबारे ९ सदस्यीय अदालतले अन्तिम निर्णय लिनेछ ।

    तीमध्ये ६ न्यायाधीश महाभियोगको पक्षमा रहेको खण्डमा राष्ट्रपति पद रिक्त हुनेछ । त्यसको ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने व्यवस्था छ ।

    त्यतिन्जेलसम्म प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नेछन् ।

    राष्ट्रपति येओलले उत्तर कोरिया र देशभित्रका केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको भन्दै डिसेम्बर ३ मा सैनिक शासन लागू गरेका थिए ।

    तर संसद्को बहुमतले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपछि उनले सैनिक शासन लागू गर्ने निर्णय फिर्ता लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार