Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • जेलबाट जमानतमा रिहा भए अल्लू अर्जुन

    जेलबाट जमानतमा रिहा भए अल्लू अर्जुन

    अनलाइन नेपाल
  • शनिबार, २९ मंसिर २०८१
  • 441
    SHARES

    एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन जमानतमा छुटेका छन्।

    हैदरावादको सन्ध्या थियटरमा ‘पुष्पा २:द रूल’ चलचित्रको प्रिमियर सोको क्रममा भागदौड मच्चिँदा ३५ वर्षकी महिलाको मृत्यु भएको घटनामा शुक्रबार पक्राउ परेका अल्लूलाई तेलांगना उच्च अदालतले जमानतमा रिहा गरेको हो।



    त्यसअघि अल्लूलाई हैदरावादको अदालतले १४ दिनका लागि न्यायिक हिरासत पठाउन आदेश दिएको थियो। हैदरावादको आदेशविरूद्ध अल्लूका वकिलले उच्च अदालतमा निवेदन दिएका थिए।

    त्यसबारे शुक्रबार नै तेलांगना उच्च अदालतले अल्लूलाई न्यायिक हिरासत पठाउने आदेश उल्ट्याएर उनलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।

    अल्लूलाई जुबली हिलस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो। आफूलाई पक्राउ गर्दा प्रहरीले गरेको व्यवहारबारे अल्लूले आपत्ति जनाएक थिए।

    उच्च अदालतले चलचित्रको प्रिमियर शो को क्रममा अल्लूको उपस्थितमा भागदौड हुँदा दुःखद घटना भएको तर त्यसमा अल्लूलाई मात्रै दोषी मान्न नहुने भनेको छ।

    त्यस्तै उनलाई पनि अन्य नागरिकसरह स्वतन्त्रताको हक भएकाले जमानतमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार