काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ ।
शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको हो ।
केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न पुस १८ देखि २० गतेसम्म स्थायी कमिटी बैठक पनि बस्नेछ।
मंसिर मसान्तभित्र खबरदारी सभा र पालिका सम्मेलन गर्ने भने पनि विभिन्न कारणले सम्पन्न हुन नसकेको माओवादी केन्द्रले जनाएको छ ।
शुक्रबारको स्थायी कमिटी बैठकमा मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचनबारे समीक्षा पनि भएको थियो ।
Leave a Reply