काठमाडौँ । नेपाल प्रहरीका १० जना डीआईजीहरुको सरुवा भएको छ ।
सरकारको बिहीबारको निर्णयानुसार जनपद प्रहरी समूह तर्फका उनीहरुलाई सरुवा गरिएको हो ।
सरुवा हुनेमा दुर्गा सिंह, कुबेर कडायत, रवीन्द्र केसी, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य छन् ।
यस्तै सरुवा हुने बाँकी डीआईजीमा अर्जुन चन्द ठकुरी, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी छन् ।
Leave a Reply