Online Nepal
  • मंगलबार, २९ माघ २०८१
  • सहकारी ठगीमा फरार जिबी राईको पासपोर्ट रोक्का

    सहकारी ठगीमा फरार जिबी राईको पासपोर्ट रोक्का

    अनलाइन नेपाल
  • बिहिबार, २७ मंसिर २०८१
  • 516
    SHARES

    काठमाडौं । सहकारीको बचत रकम अपचलन गरी फरार रहेका जिबी राईको पासपोर्ट रोक्का भएको छ । राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा विभागले राईको पासपोर्ट रोक्का गरेको बताइएको छ ।



    राईको बैंक खाता, मालपोत लगायत विभिन्न स्थानमा पनि कारोबार रोक्का गर्न पत्राचार गरिएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न नमिल्ने भएको छ ।

    विभिन्न पाँच वटा सहकारी ठगीको मुख्य योजनाकार जीबी अहिलेसम्म फरार छन् ।

    सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका जीबीलाई ल्याउन भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत १३ माघमा डिफ्युजन नोटिस जारी भएको थियो । तर उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार