Online Nepal
  • बुधबार, २६ मंसिर २०८१
  • कुँवरको ‘काउन्टडाउन’ सुरु, तीन महिनापछि को बन्छ आईजीपी ?

    कुँवरको ‘काउन्टडाउन’ सुरु, तीन महिनापछि को बन्छ आईजीपी ?

    अनलाइन नेपाल
  • मंगलबार, २५ मंसिर २०८१
  • 4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरको ‘काउन्टडाउन’ सुरु भएको छ ।

    अब उनको कार्यकाल ठिक सय दिन मात्र बाँकी छ। ३० वर्षे सेवाहदका कारण उनले आगामी ५ चैतमा अवकाश पाउनेछन्।



    उनको अवकाशको मिति नजिकिदै गर्दा प्रहरीमा नयाँ नेतृत्वका लागि संघर्ष सुरु भइकसेको छ। नयाँ नेतृत्वका लागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)बिच प्रतिस्पर्धा छ ।



    जसमा दिपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ छन् । एआइजी थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत छन् भने गिरी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा र तामाङ अपराध अनुसन्धान विभागमा कार्यरत छन् ।

    उनीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको छ । कार्यक्षमतामा पनि अब्बल रहेका थापाको सबै राजनीतिक दलको नेतृत्वसँग सुमधुर सम्बन्ध रहेकाले पनि उनलाई सबैभन्दा बलिया दाबेदार मानिएको छ ।

    एआइजी गिरीको पनि कांग्रेस नेताहरुसँग घनिष्ट सम्बन्ध छ । उनी त्यही सम्बन्ध प्रयोग गर्ने प्रयासमा छन् । एआइजी तामाङ भने खासै लबिइङमा लागेका छैनन् ।

    अहिलेकै प्रावधानअुनसार उनीहरुमध्येबाट ६ महिनाका लागि आईजीपीमा नियुक्त हुनेछन् । अर्कोतर्फ ३० वर्षे सेवाहद हटाउने सम्बन्धि प्रहरी ऐनको मस्यौदा पनि मन्त्रिपरिषद् पुगिसकेको छ ।

    यदी संसदको हिउँदे अधिवेशनबाटै प्रहरी बिधेयक पास भएमा भने अहिलेकै आईजीपीको कार्यकाल लम्बिने सम्भावना समेत छ । नेपाल प्रहरीमा सामान्यता अन्तिम दिन आएर आईजीपी बढुवाको निर्णय हुने गर्दछ ।

    जसकारण अत्याधिक चलखेल हुने भएकाले चलखेल पनि धेरै हुने गरेको छ । नेपाली सेनामा जस्तै अवकाशको एक महिनाअघि नै प्रमुख बिदामा बस्ने र नयाँ नेतृत्व अघि बढाउनुपर्ने माग प्रहरीमा पनि उठेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार