Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

    अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, २४ मंसिर २०८१
  • 117
    SHARES

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र सहायक विदेशमन्त्री लुबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।



    भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ ।



    अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका थिए।

    अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे ।

    उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार