Online Nepal
  • बुधबार, २६ मंसिर २०८१
  • थानकोटका एक असईमाथि असुली धन्दा चलाएको आरोप

    थानकोटका एक असईमाथि असुली धन्दा चलाएको आरोप

    अनलाइन नेपाल
  • सोमबार, २४ मंसिर २०८१
  • 201
    SHARES

    फाइल तस्विर

    काठमाडौं । समाजको रक्षक मानिएको नेपाल प्रहरीले सर्वसाधारणको विश्वास गुमाउँदै गएको गुनासो आइरहेका बेला थानकोट प्रहरी वृत्तका एक प्रहरी सहायक निरीक्षकमाथि पैसाको लेनदेन र अनियमितताको गम्भीर आरोप लागेको छ ।

    वृत्तका असई तिर्थ रेग्मीमाथि मुद्दा मिलाइदिने नाममा कैदीहरूसँग पैसा असुली गर्ने र आफन्तलाई रकम जम्मा गर्न लगाउने गरेको आरोप लागेको हो ।



    असई रेग्मीले अभद्र व्यवहार मुद्दामा संलग्न कैदीका आफन्तसँग रकम असुलेर मुद्दा मिलाउने गरेको, लत्ताकपडा खरिद गर्न दबाब दिने र हाकिमको नाममा रकम माग्ने गरेका आरोप छ ।



    स्रोतका अनुसार, रेग्मीले मुद्दा छिटो टुंग्याउनका लागि आफन्तलाई बैंक खातामा रकम हाल्न लगाउने वा नगद लिने गरेका हुन् । अभद्र व्यवहारको मुद्दामा छुटेका एक व्यक्तिले भने, ‘म बाट ३५ हजार रूपयाँ लिनुभयो । यो सबै हाकिमलाई दिनुपर्छ। मलाई एउटा राम्रो चिटिक्कको जाकेट किनिदिनु भन्नु भयो थाहा छैन । त्यो पैसा हाकिमलाई दिनुभयो कि भएन ।’

    साथै उनले हाम्रो हाकिमहरूले २०० रुपैयाँ पाएपनि लिन छोड्नु हुन्न भनेर चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष समेतलाई तेल माग्ने गरेको आरोप छ । केही समय अगाडी मात्रै मुद्दामा बस्ने असई लामा थर कालाई पनि मैले नै चेन्ज गरेको भनेर आफु नजिक भएका प्रहरी कर्मचारीलाई बताउने गरेको असई रेग्मीमाथि आरोप छ।

    असई रेग्मीको काम बेलुका भएपछि हिरासतमा रहेका व्यक्तिका आफन्तलाई फोन गरेर बार्गेनिङ अथवा मोलमलाई गर्ने गरेको र छिटो मुद्दा सल्टाउने भए पैसा खर्च गर्नुपर्छ भनेको कुरा नाम गोप्य राख्ने सर्तमा हिरासतमा रहेकाको आफन्तले बताए ।

    असई रेग्मीले तीन महिना अगाडी मुद्दा फाँटमा काम गर्नका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट काजमा आएका सईलाई समेत पाखा लगाएका थिए ।

    असई रेग्मीले हाकिमलाई कुरा लगाएर काम गर्न दिएन, पछि ति सई परिसर मै जान बाध्य भए । थानकोट वृत्तमा कार्यरत केही जुनियर प्रहरी अधिकृतले रेग्मीको कल डिटेल चेक गर्नु पर्ने भनिरहेका छन् ।

    यस घटनाले प्रहरीप्रतिको विश्वास खस्काउन सक्ने भन्दै तत्काल अनुसन्धान हुनुपर्ने माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार