काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।
भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
साइबर अपराध अभियोगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए । प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ ।
Leave a Reply