काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन ढाँचामा हस्ताक्षर गरेको बताएका छन् ।
चीन भ्रमणको क्रममा चाइना मिडिया ग्रुप (सीजीटीएन) सँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । उनले बीआरआई नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए ।
‘यस पटक हामीले बीआरआई कार्यान्वयन ढाँचामा हस्ताक्षर गर्यौं। यो एक धेरै महत्त्वपूर्ण सम्झौता हो, जुन छाता सम्झौता जस्तै हो। यस अन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र अन्य सबै क्षेत्रहरू समेट्ने परियोजनाहरू हुनेछन्,’ उनले भने ।
उनले बीआरआईको उद्देश्य साझा समृद्धि र अन्य देशहरूको समग्र विकास प्रवर्द्धन गर्नु भएको उल्लेख गर्दै नेपाल पनि यस परियोजनाको पक्षमा रहेको स्पष्ट पारे ।
Leave a Reply