Online Nepal
  • बुधबार, ३ पुष २०८१
  • एक करोड बढीको सुन, चाँदी र नगदसहित तीजना पक्राउ

    एक करोड बढीको सुन, चाँदी र नगदसहित तीजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ मंसिर २०८१
  • 213
    SHARES

    कैलाली । सशस्त्र प्रहरीले कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार रहेका छन् ।



    भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडासहित नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार