एजेन्सी । सिरियाको विद्रोही समूहले दोस्रो ठूलो शहर अलेप्पो पनि कब्जा गरेका छन् ।
सिरियाली राष्ट्रपति बशर अल–असदविरुद्ध विद्रोहीहरूले गरेको अभियानले अलेप्पो र हामा शहर कब्जा गरेको हो ।
बेलायतमा आधारित सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार विद्रोहीहरू होम्सतर्फ गइरहेका छन् । यदि विद्रोहीहरूले होम्स पनि कब्जा गरे भने सिरियाको राजधानी दमास्कसले धेरै शहरहरूसँग सम्पर्क गुमाउनेछ ।
हामा शहर कब्जा गरेपछि विद्रोही समूह हयात तहरीर अल–शामका नेता अबु मोहम्मद अल–जवलानीले विजयको घोषणा गरेका छन् ।
Leave a Reply