Online Nepal
  • बिहिबार, २७ मंसिर २०८१
  • १८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

    १८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • बिहिबार, २० मंसिर २०८१
  • 309
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्।

    चीन भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।



    प्रधानमन्त्री ओलीले भने, ‘मेरो पालो करिब १८ महिना होला। त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ । चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ। हामी सबैले बहुमत ल्याउने कोसिस गरौँला ।बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ । हरेकलाई विश्वास छ, अब के गर्ने रु विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला । आएन भने अरु तरिकाहरु होलान् ।’



    डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ०८४ को चुनाव पनि उनैले गराउने ओलीको भनाइ छ ।

    उनले आफूहरुबीच चुनावसम्मको मात्र सहमति भएको बताए । चुनावमा बहुमत ल्याउन कोसिस गर्ने र बहुमत नआए सरकार गठनका अरु विकल्पमा जाने ओलीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार