दार्चुला । दार्चुलास्थित सांग्रिला डेभलपमेन्ट बैंकको शाखामा चोरी गर्ने एक जनालाई पक्राउ गरिएको छ ।
मंसिर १८ गते राति बैंकमा भएको चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकाली नगरपालिका-४ खलंगाका २३ वर्षीय तुसार लुहार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनले महाकाली नगरपालिका-४ खलंगास्थित बैंकको शाखा कार्यालयको झ्याल फोडेर चोरी गरेका थिए ।
लुहारको घरकोठा खानतलासी गर्दा बैंकबाट चोरी भएको नगद ८५ हजार ५ सय, बैंकको ट्याग भएको कार्टुन र कार्टुन भित्र हेड सिसिटिभि क्यामेरा पनि फेला परेको छ।
यस्तै एटीएम कार्ड चार थान, फिक्स डिपोजिट सर्टिफिकेट एकथान र बैंकको स्टोर रुमबाट चोरी भएको एउटा खुकुरी पनि प्रहरीले बरामद गरेको छ।
चोरी गर्दा प्रयोग गरेको हेल्मेट, कपडा र जुत्ता समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको छ।
Leave a Reply