Online Nepal
  • बिहिबार, २० मंसिर २०८१
  • त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित हुँदै

    त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १९ मंसिर २०८१
  • 138
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।

    समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिए । उनका अनुसार समारोहमा यसपटक १४ हजार ३०७ विद्यार्थी दीक्षित हुँदैछन् । सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ ।



    समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजाार ९९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा पदक समेत प्रदान गरिने छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार