काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेटको शल्याक्रिया गरिएको हो ।
चिकित्सकहरुका अनुसार राष्ट्रपति पौडेलालाई क्याबिनमा सार्ने तयारी गरिँदैछ।
प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको समस्या सामान्य नै हो ।
राष्ट्रपति पौडेलले १६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए ।
Leave a Reply