काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआईबाट नेपालले लाभ लिने बताएका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए ।
प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए ।
Leave a Reply