काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको पेकिङ विश्वविद्यालय सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री ओलीले चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले, ‘विस्तृत लोकतन्त्र-समृद्ध नेपाल, सुखी नेपालीतर्फको नेपालको यात्रा’ विषयमा बोलेका थिए ।
सम्बोधनमा ओलीले नेपालको राजनीतिक आन्दोलन , एमालेको जनताको बहुदलीय जनवाद देखी पेकिङ विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालय को सहकार्यको प्रस्ताव पनि राखेका थिए ।
नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै उनले महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताए ।
उनले नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे ।
Leave a Reply