Online Nepal
  • बुधबार, १९ मंसिर २०८१
  • एमालेलाई मीनबहादुरको जग्गा दानविरुद्धको रिट न्यायाधीशद्धय शर्मा र पाण्डेको इजलासमा

    एमालेलाई मीनबहादुरको जग्गा दानविरुद्धको रिट न्यायाधीशद्धय शर्मा र पाण्डेको इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, १८ मंसिर २०८१
  • 177
    SHARES

    काठमाडौं । नेकपा एमालेको कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट न्यायाधीशद्धय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको इजलासमा परेको छ।

    रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशद्धय शर्मा र पाण्डेको इजलासमा पेशी तोकिएको हो। व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएपछि यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।



    २०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि यो मुद्दामा पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।



    अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।

    सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो ।

    दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो । यसअघि पनि यो विवाद न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएर हेर्न नभ्याइने भएको थियो ।

    गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौंको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए।

    सोही दिन प्रधानमन्त्री ओली र जग्गादाता गुरुङले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार