Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • उपनिर्वाचनबारे बाबुराम भट्टराईको टिप्पणी – जनताले नयाँ विकल्प नपाएर पुरानै छान्न बाध्य भए !

    उपनिर्वाचनबारे बाबुराम भट्टराईको टिप्पणी – जनताले नयाँ विकल्प नपाएर पुरानै छान्न बाध्य भए !

    अनलाइन नेपाल
  • मंगलबार, १८ मंसिर २०८१
  • 375
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले उपनिर्वाचमा जनता नयाँ विकल्प नपाएर पुरानै दलहरुलाई छान्न बाध्य भएको बताएका छन् ।

    स्थानीय तहका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको परिणामपछि सामाजिक सञ्जालमा लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।



    अध्यक्ष भट्टराईले दुइ वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको बताए ।



    केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एकअर्काको विकल्प बनेको अध्यक्ष भट्टराईको भनाई छ ।

    अध्यक्ष भट्टराईले देखेका छन्, ‘यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटालाई छान्न बाध्य छन् ।’

    तीन दल नै एकअर्काको विकल्प जस्तो देखिएता पनि जनता असन्तुष्ट रहेको अध्यक्ष भट्टराईले बताए ।

    नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आ–आफ्ना कमजोरीहरू सच्याएर अर्कोपटक जनतालई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार