Online Nepal
  • सोमबार, १७ मंसिर २०८१
  • कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

    कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १७ मंसिर २०८१
  • 129
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ ।

    कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको हो ।



    अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडे ।  अन्तिम दुई बल बाँकी हुँदा रनआउट भएका अर्जुन घर्तीले २२ बलमा ३३ रन र सोमपाल कामीले नटआउट १३ बलमा नटआउट २९ रन जोडे।



    अर्जुन र सोमपालबीच सातौं विकेटका लागि ५६ रनको साझेदारी भएको थियो। त्यसअघि ओपनर देव खनालले दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीबाट बोल्ड हुनुअघि पाँच बलमा एक रन मात्र जोड्न सके।

    उनका ओपनिङ पार्टनर भारतीय ब्याटर शिखर धवनले १४ रन भन्दा बढी जोड्न सकेनन्। पाँचौं ओभरमा जनकपुरका क्यानेडियन बलर हर्ष थाकरबाट बोल्डहुनुअघि उनले १४ बलमा ३ चौका प्रहार गरे।

    त्यसपछि चाडविकेट वाल्टन मोहमद मोसिनको एलबिडब्लूको धरापमा परे। वेस्ट इन्डिजका विकेटकिपर ब्याटर वाल्टनलाई अमेरिकामा बसेर क्रिकेट खेल्ने पाकिस्तानी मूलका बलर मोहमद मोहसिनले सातौं ओभरमा पेभिलियनको बाटो देखाए।

    अर्को ओभरमा जिमी निशमले जिशन मक्सूदलाई पनि शून्यमा एलबिडब्लूको धरापमा पारेका थिए। त्यसपछि बाबर हायत र गुल्सन झाले कर्णालीको रन बढाउन कोशिस गरे। तर बाबर १४ ओभरम २५ बल खेलेर १२ रन मात्र जोडेर आउट भए।

    गुल्सन झाले ३६ रन जोडे। १६औं ओभरमा किशोर महतोबाट बोल्ड हुनुअघि उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे। बलिङमा जनकपुरका मोहसिनले २ विकेट लिँदा किशोर महतो, ललित राजवंशी, हर्ष थाकर र जिमी निशसले एक एक विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार