Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कांग्रेस नेता ढुंगानाको गृह वडामा माओवादीले मार्‍यो बाजी

    कांग्रेस नेता ढुंगानाको गृह वडामा माओवादीले मार्‍यो बाजी

    अनलाइन नेपाल
  • सोमबार, १७ मंसिर २०८१
  • 579
    SHARES

    धनुषा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा राष्ट्रियसभा सांसद आनन्द प्रसाद ढुंगानाको गृह वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

    धनुषाको धनुषाधाम नगरपालिका–१ मा वडाध्यक्षका लागि भएको उप–निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार २८ वर्षीय सुनिल कापर केवट निर्वाचित भएका हुन्।



    माओवादीका कापरले ६ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उनको निकट प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार ३२ वर्षीय अशोक कुमार ६ सय २ मत प्राप्त गरेका छन् ।



    त्यस्तै जनता समाजवादी पार्टी नेपालका २९ वर्षीय उम्मेदवार अजय कुमार यादव ४ सय ९९ मत ल्याएर तेस्रो भए । नेकपा एमालेका उम्मेदवार ४९४ मतसहित चौथों स्थानमा झरे।

    २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले यो वडा जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार