Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार

    यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार

    अनलाइन नेपाल
  • आइतबार, १६ मंसिर २०८१
  • 237
    SHARES

    काठमाडौं । यू- १९ वर्षमुनिको पुरुष एसिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । यूएईमा चलिरहेको प्रतियोगितामा नेपाल आज बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।

    नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बङ्गलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । बङ्गलादेशका जवाद अब्राररले ५९, कप्तान अजिजुल हकिमले नटआउट ५२ रन बनाउ । नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले १ विकेट लिए ।



    यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५ ओभर ४ बलमा १ सय ४१ रनमा अलआउट भयो । नेपालका ओपनर ब्याटर आकाश त्रिपाठीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै अभिषेक तिवारीले २९, उत्तम मगरले २९ रन बनाए । बङ्गलादेशका अल फहाद, इकबाल होसेन इमोन र रिजान होसनले २/२ विकेट लिए ।



    नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार