Online Nepal
  • बुधबार, २ माघ २०८१
  • एसीसी यू-१९ एसिया कप : नेपालले दियो बंगलादेशलाई १३९ रनको सामान्य लक्ष्य

    एसीसी यू-१९ एसिया कप : नेपालले दियो बंगलादेशलाई १३९ रनको सामान्य लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १६ मंसिर २०८१
  • 261
    SHARES

    काठमाडौं । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशलाई सामान्य रनको लक्ष्य दिएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटिएको हो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए ।



    ७७ बलको सामना गरेका उनले ५ चौका हिर्काएका थिए । मयन यादव र नरेन भट्ट समान ४ रनमा आउट हुँदा सन्तोष यादव ७ र अर्जुन कुमाल शून्य रनमा आउट भए ।

    अभिषेश तिवारी र उत्तम मगरले २९–२९ रन बनाए । बलिङमा बंगलादेशका रिजन हसन, इकबाल हुसेन इमन र अल फहादले दुई/दुई विकेट लिए ।

    पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार