Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • एसीसी यू–१९ एसिया कपमा श्रीलंकासँग नेपाल पराजित

    एसीसी यू–१९ एसिया कपमा श्रीलंकासँग नेपाल पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १४ मंसिर २०८१
  • 48
    SHARES

    काठमाडौं । एसीसी १९ वर्षमुनिको पुरुष एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ ।

    श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनाएको हो। नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए । श्रीलङ्काका प्रभीन मनीषाले ३ विकेट लिए ।



    यसअघि यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो । श्रीलङ्काका शारुजन शानमुगनाथनले ६२ रन बनाए ।



    नेपालका सन्तोष यादवले ४ विकेट लिए । यूएईमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार