Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीले चीनको पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले चीनको पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ मंसिर २०८१
  • 51
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा भएको छ

    । परराष्ट्र मन्त्रालयले आज प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको ४ दिने भ्रमणको घोषणा गरेको हो।



    १७ गते बेइजिङ प्रस्थान गर्ने ओलीले १८ गते राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।



    भेटका अवसरमा आपसी चासोका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    साथै उनले चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग पनि भेटघाट गर्ने कार्यसूची छ ।

    उनले नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली मंसिर २० नेपाल फर्कनेछ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो।

    प्रधानमन्त्री ओलीको चीन भ्रमण टोलीमा ८७ सदस्य सहभागी हुनेछन्। सरकारी खर्चमा ३९ जना र निजी खर्चमा ४८ जना चीन जानेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार