Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • अन्तिम दिन कीर्तिपुरमा तीन ठूला दलको शक्ति प्रदर्शन, मध्यरातदेखि सुरु हुन्छ मौन अवधि 

    अन्तिम दिन कीर्तिपुरमा तीन ठूला दलको शक्ति प्रदर्शन, मध्यरातदेखि सुरु हुन्छ मौन अवधि 

    अनलाइन नेपाल
  • बिहिबार, १३ मंसिर २०८१
  • 192
    SHARES

    काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा मौन अवधि सुरू हुनुअघि ठूला राजनीतिक दलहरुले कीर्तिपुरमा चुनावी सभा गरेका छन्।

    कीर्तिपुरमा हुन लागेको मेयर र दुई वडाध्यक्ष पदको निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेस, एमाले र माओवादीले छुट्टाछुट्टै चुनावी सभा गरेका हुन्।



    चुनावी प्रचारप्रसारको अन्तिम दिन नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता, नेपाली कांग्रेसको तर्फबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेता र नेकपा एमालेको तर्फबाट महासचिव शंकर पोखरेललगायतले आ–आफ्नो चुनावी सभालाई सम्बोधन गरेका छन्।



    कीर्तिपूरको मेयर पदका लागि १९ जना चुनावी मैदानमा छन्। यहाँ कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका डा. शिवशरण महर्जनबीच नै प्रतिस्पर्धामा छन्। ठूला राजनीतिक दलहरुलाई स्वतन्त्र उम्मेदवारहरुले पनि चुनौती बढाइरहेका छन्। यहाँ ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

    ओली नेतृत्वको सरकार असंवैधानिक : प्रचण्ड

    चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको दोहोर्याएका छन्।

    उनले भने, अहिलेको सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोज्दैछ। त्यसको फैसला जनताले सुनाउनेछ। जरुरी पर्यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौं। हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिइरहेका छौं। हाम्रो मागको सरकारले सुनुवाई गरेन भने हामी प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौं। त्यहाँबाट पनि लडाइँ छेडिनेछ। त्यहाँबाट पनि देशव्यापी अभियान चलाउनुपर्ने बाध्यता हुनसक्छ।

    उनले अहिले हुन लागेको उपनिर्वाचन भ्रष्टाचारको पक्षमा कि विपक्षमा भन्ने जनमतसंग्रह भएको बताए। अहिले ४४ स्थानमा हुने लागेको उपनिर्वाचनले ८४ को सन्देश दिने बताए। उनले बेचन झा र प्रतिक थापा पक्राउ परेपछि कांग्रेस(एमाले मिलेर सरकार बनाएको दाबी गरे।

    नयाँ दलको मूल नेतृत्वमै समस्या समस्या छः गगन थापा

    नेपाली कांग्रेस महामन्त्री गगन थापाले नयाँ दलमा मूल नेतृत्वमै समस्या रहेको बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले दलहरूमा समस्या रहेको र नयाँ दलमा भने टाउकोमै समस्या रहेको टिप्पणी गरे ।

    मिसन ८४, मिसन ८४ को रटान लगाउनुको कुनै अर्थ नभएको थापाले बताए । उनले भने–‘हामी अहिले के गरिरहेका छौंरु एउटा चुनाव लड्छौं, जित्छौं । त्यसपछि हामी अर्को चुनावको सपना देख्न थाल्छौं । २०८४ छोडिदिनुस् । २०८१/८२/८३/८४ कसले लिन्छ ? नेपाली कांग्रेस जिम्मा लिन चाहन्छ ।’

    कांग्रेसले कीर्तिपुरको प्रमुख पदमा उठाएका कृष्णमान डंगोल बेदाग रहेको थापाले दाबी गरे ।

    मध्यरातदेखि सुरु हुन्छ मौन अवधि 
    मङ्सिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन प्रचार प्रसार निषेध अवधि बिहीबार मध्यरातदेखि लागु हुँदैछ ।

    उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागु हुने निर्वाचन प्रचार प्रसार निषेध अवधि राति १२स्०० बजेदेखि सुरु हुने भएको हो ।

    निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा विभिन्न नियमहरू पालना गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निम्न बमोजिमको कार्य नगर्न र नगराउन निर्देशन नै जारी गरेको छ ।

    • कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार नगर्ने नगराउने।
    • निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्ने नगराउने।
      कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्ने नगराउने।
    • सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्ने गराउने।

    सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार निर्वाचन प्रचार प्रसार निषेध गरिएको अवधिमा उपरोक्त बमोजिम कार्य भए गरेको केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सूक्ष्म अनुगमन हुनेछ । कहीँ कतै आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा तत्काल कानुन बमोजिम कारबाही गरी मुख्य निर्वाचनरनिर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आह्वान गरिएको अर्यालको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार