Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स

    सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स

    अनलाइन नेपाल
  • बुधबार, १२ मंसिर २०८१
  • 219
    SHARES

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल एअरलाइन्स कर्पोरेसनबीच प्रायोजन सम्झौता भएको छ ।

    नेपाल एअरलाइन्स र रोयल्सबीच एअरलाइन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एअरलाइन्सका कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेले हस्ताक्षर गरे ।



    सम्झौतापछि बोल्दै एअरलाइन्सका निर्देशक घिमिरेले सुदूरपश्चिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । ‘नेपालमा एनपिएल हुनु एकदम सुखद समाचार हो । सुदुरपश्चिम जस्तो राम्रो टिमसँग जोडिन पाउँदा हामी निकै खुसी छौं । एनपिएलको सफलतासँगै खेलको विकास अझै होस् भन्ने हाम्रो चाहना हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्ने शुभकामना दिन चाहन्छौं,’ घिमिरेले भने ।



    रोयल्सका सिइओ खड्काले नेपालीहरुको साझा ब्राण्ड रोयल्ससँग जोड्न पाउँदा खुसी व्यक्त गरे । उनले संस्थाले नेपाली क्रिकेटमा गरेको लगानीले राम्रो प्रतिफल दिने विश्वास व्यक्त गरे ।

    सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

    क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार