Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • कमल थापाको आरोप – गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा हुन्

    कमल थापाको आरोप – गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा हुन्

    अनलाइन नेपाल
  • बुधबार, १२ मंसिर २०८१
  • 150
    SHARES

    विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको आरोप लगाएका छन् ।

    विराटनगरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सो आरोप लगाएका हुन् ।



    उनले मुलुकमा देखिएको सम्पुर्ण रोग, भोक, गरिबी, अशिक्षा र पछौटेपनको एक मात्र कारण सनातन हिन्दु धर्म, राजसंस्था, एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै भ्रमको खेति गरि षड्यन्त्र पुर्बक ढंगबाट राजसंस्था र सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त गरिएको बताए ।



    विदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरुलाई प्रयोग गरिएको उनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार