Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • ड्रेसिङ गर्न जाँदा ‘हनी ट्र्याप’ मा फसे फार्मेसी सञ्चालक : मागियो १८ लाख, ८ लाखमा मिल्यो कुरा !

    ड्रेसिङ गर्न जाँदा ‘हनी ट्र्याप’ मा फसे फार्मेसी सञ्चालक : मागियो १८ लाख, ८ लाखमा मिल्यो कुरा !

    तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ मंसिर २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध रूपमा फार्मेसी सञ्चालकलाई फसाउने ‘हनी ट्र्याप’ प्रकरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा इलाम घर भएर नयाँथिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका घर भएर स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी र २५ वर्षीया वर्षा दर्जी छन् । भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरूले फार्मेसी सञ्चालक ३३ वर्षीय युवकलाई हनीट्र्यापमा पारेर रकम असुलेका हुन् ।



    प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, एसपी काजी कुमार आचार्यका अनुसार घटना २०८१ मंसिर ६ गतेबाट सुरु भएको हो ।



    बर्षा दर्जीले मेसेन्जरमार्फत पीडित व्यक्तिसँग सम्पर्क गरी घाउको ड्रेसिङ गर्न बोलाइन् । पीडितले उनी बसेको कोठामा पुगेपछि दर्जीको खुट्टामा कुनै घाउ नभएको देखे । कोठाको ढोका लगाई डर देखाउँदै पीडितलाई जबर्जस्ती करणीको मुद्दामा फसाउने धम्की दिइयो ।

    यसपछि अर्की अभियुक्त समृदी मगरले पनि पीडितलाई सहमतिमा आउन धम्क्याएको खुलेको छ । रकम माग गर्दै उनले १८ लाखबाट सौदाबाजी गरी ८ लाखमा कुरा मिलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मंसिर ११ गते, कौशलटारस्थित वेभ सेकुवा कर्नरमा २५ हजार नगद र २५ हजार सिद्धार्थ बैंकको क्यूआर कोडमार्फत माग गरियो । थप ७५ हजार रुपैयाँ चेकको माध्यमबाट दिइएको थियो । प्रहरीका अनुसार, तीनै अभियुक्त यस प्रकारका अपराधमा संगठित रूपमा सक्रिय रहेको देखिएको छ ।

    घटनामा संलग्न एक अन्य व्यक्ति फरार छन् । तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । भने अन्य व्यक्तिको खोजी कार्यजारी रहेको छ । उनीहरुको साथबाट ७५ हजार रुपैयाँको एशिया बैंकको चेक, नगद २० हजार ५ सय रुपैयाँ र चार थान मोबाइल बरामद गरिएको छ ।

    यस्तै दिपेन्द्र दर्जी यसअघि २०७१ सालमा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको पनि खुलेको छ । पक्राउ परेका व्यक्तिहरूलाई आपराधिक लाभ सम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार