Online Nepal
  • बिहिबार, १८ पुष २०८१
  • बीआरआईमा एमाले र कांग्रेसको धारणा समान छ : गगन थापा

    बीआरआईमा एमाले र कांग्रेसको धारणा समान छ : गगन थापा

    अनलाइन नेपाल
  • बुधबार, १२ मंसिर २०८१
  • 234
    SHARES

    विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिनियाँ परियोजना बीआरआईमा एमाले र कांग्रेसको धारणा समान रहेको बताएका छन्।

    आज विराटनगर पुगेका महामन्त्री थापाले बीआरआईमा एमालेसँग समान धारणा रहेको बताएका हुन् ।



    महामन्त्री थापाले यसअघि हस्ताक्षर भएका परियोजना यस पटक कार्यान्वयनको चरणमा जाओस् भन्ने चाहना आफूहरूको रहेको बताए।



    महामन्त्री थापाले भने,‘हामीलाई अहिले विकासका लागि ठूलो पुँजी चाहिएको छ । मित्र राष्ट्रले अनुदान दिओस् र बहुपक्षीय दातृ निकायबाट सस्तो ऋण लिन चाहन्छौं । अमेरिका, चीन, भारत, जापान जस्ता देशबाट अनुदानको अपेक्षा गर्छौं । यो पटक चीन भ्रमणमा पनि हाम्रो अपेक्षा त्यही रहन्छ । एमालेको धारणा पनि यो भन्दा फरक छैन ।’

    महामन्त्री थापाले सबै मित्र राष्ट्रसँग मित्रवत् सम्बन्ध स्थापित गर्न चाहेको भन्दै बीआरआई सम्झौता नेपालमा लागू गर्ने कुरा कांग्रेसका लागि नयाँ र नौलो नभएको पनि बताए ।

    चीनसँग यसअघि भएका दर्जनौं समझदारीहरूमा हस्ताक्षर र कार्यान्वयनको अपेक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट राखेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार