Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पक्राउ पुर्जी जारी भएका इन्स्पेक्टर एक वर्षसम्म सेवामै, धरौटी बुझाएपछि निलम्बित

    पक्राउ पुर्जी जारी भएका इन्स्पेक्टर एक वर्षसम्म सेवामै, धरौटी बुझाएपछि निलम्बित

    अनलाइन नेपाल
  • मंगलबार, ११ मंसिर २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एकजना प्रहरी निरीक्षक निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसरअन्तर्गत स्वयम्भू वृत्तमा कार्यरत इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो ।

    धादिङको धुनिवेशी नगरपालिका–५ घर भएका अकौलियाविरुद्ध मारुती बचत तथा ऋण सहकारीलाई विश्वासघात गरेको आरोपमा २०८० साल भदौमा प्रहरी वृत्त स्वयम्भूमा जाहेरी परेको थियो ।



    उक्त मुद्दामा फरार रहेका उनी मंसिर ४ गते पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतको आदेशअनुसार एक लाख रुपैयाँ धरौटी बुझाएपछि अकौलिया रिहा भए पनि उनी स्वतः निलम्बनमा परेको प्रहरीले जनाएको छ ।



    मुद्धा फस्र्योट नहुन्जेलका लागि उनी निलम्बनमा परेको बताइएको छ । प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी निरीक्षक अकौलिया पक्राउ पुर्जी जारी भएको एक वर्षदेखि सेवामै कार्यरत रहेको पाइएको छ । प्रहरी निरीक्षक अकौलिया २०८१ भदौ २७ मा सरुवा भएर स्वयम्भू पुगेको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार