धनगढी । कैलालीमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल भेटिएका छन् । एउटै नम्बर प्लेटका २ मोटरसाइकल फेला परेपछि प्रहरीले कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिमिल्सेनाका भान्सेसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भन्सार प्रमुखका भान्से समेत रहेका धनगढी उपमहानगरपालिका–३ का ३४ वर्षीय रोहित महता र ग्यारेज सञ्चालन गर्दै आएका २५ वर्षीय प्रकाशप्रसाद उपाध्याय रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली अनुसार उस्तै अल्फाबेट र नम्बर प्लेटका मोटरसाइकल चलाएको भन्दै निबेदन परेको थियो । रोहितले सुदूरपश्चिम प्रदेश ०२००४ प ४१४८ नम्बरको मोटरसाइकल चलाउँदै आएका थिए ।
सोही नम्बरको मोटरसाइकल उनले लिलामी मार्फत खरिद गरेर बिक्री गरेको पाइएको छ । दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुमाथि किर्ते तथा अपराधिक लाभमा म्याद थप गरेर अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
Leave a Reply