Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चिसोबाट बचाउने पूर्वतयारी थाल्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

    चिसोबाट बचाउने पूर्वतयारी थाल्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • सोमबार, १० मंसिर २०८१
  • 177
    SHARES

    काठमाडौं। नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले चिसोबाट बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वतयारी गर्न ध्यानाकर्षण गराएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो।



    जाडेको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेश लगायत देशभरिका विपन्न बस्ती र परिवारलाई बढी पीडा दिने गरेको भन्दै यसबारे पूर्वतयारी गर्न प्रधानमन्त्री ओलीसँग एमालेले आग्रह गरेको छ ।



    एमालेले गत ११ र १२ असोजको बाढीपहिरोबाट काठमाडौं उपत्यका सहित सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा, सिन्धुली लगायत जिल्लाका धेरै बस्तीहरू डुबान र पहिरोमा परेकाले जाडोको समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्थाहरू लाग्नुपर्ने सुझाव दिएको छ ।

    ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले गृह मन्त्रालय मार्फत सम्बन्धित निकायमा सम्बोधनका लागि तत्काल पठाइने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार