Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओ‌ली

    पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओ‌ली

    अनलाइन नेपाल
  • सोमबार, १० मंसिर २०८१
  • 387
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् ।

    प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणबारे नेपालका पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल थालेका हुन् ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग चीन भ्रमणबारे छलफल गरिरहेका छन् ।



    प्रधानमन्त्री ओ‌लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग सिंहदरबारमा छलफल गरिरहेका छन् ।

    त्यस्तै पूर्वपरराष्ट्रमन्त्रीहरू एनपी साउद, विमला राई पौड्याल, महेन्द्र पाण्डेय, नारायणकाजी श्रेष्ठ, प्रकाशचन्द्र लोहनीलगायतसँग पनि प्रधानमन्त्रीले छलफल गरिरहेका छन् ।

    प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार