Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • डिआइजी बढुवामा गुप्तचर टोलीको हालिमुहाली

    डिआइजी बढुवामा गुप्तचर टोलीको हालिमुहाली

    अनलाइन नेपाल
  • सोमबार, १० मंसिर २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । लामो रस्साकस्सीपछि नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)को प्रहरी नायब महानिरीक्षक(डिआइजी) बढुवामा सिफारिस भएका छन् ।

    आइतबार मध्यराती बढुवाको निर्णय भएको हो । २६ जना प्रतिस्पर्धामा रहेका यसअघिको बरियतामा १ देखि ८ नम्बरमा रहेका एसएसपीलाई नै बढुवा सिफारिस गरिएको छ ।



    आइजिपी बसन्त कुँवरकै ब्याचका धुव्रराज राउत, भोला रावल र गणेश चन्द पहिलो तीन नम्बरमा बढुवा भएका छन् ।



    त्यसपछि शिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर कुमार विक बढुवा सिफारिस भएका छन् ।

    पछिल्लो पाँच जना राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)बाट नेपाल प्रहरीमा पावरका आधारमा स्थानान्तरण भएका अधिकृत हुन् ।

    गुप्तचरमा तोकआदेशका भरमा भर्ना भएर उनीहरु पछि शत्तिलकै आडमा नेपाल प्रहरीमा आएका थिए । उनीहरु नै बढुवामा यसपटक हावी भएपछि प्रहरीमै भर्ना भएका टोलीमाथि अन्याय भएको छ ।

    प्रहरीमा १११ को टोलीका एसएसपीहरु दिनेश आचार्य, गोविन्द थपलिया, ईश्वर कार्की, राजेन्द्र भट्ट,अरुण पौडेल, सुदर्शन कोइराला लगायतमाथि अन्याय भएको चर्चा प्रहरीमा छ ।

    जबकी उनीहरुको ब्याचका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी यसअघि नै डिआइजी भइसकेका छन् । तर, गुप्तचर टोलीका कारण दोस्रो लटमा पनि उनीहरु बढुवा हुन सकेनन् ।

    यसअघि कार्यक्षमताका आधारमा भन्दै सिनियर ब्याचलाई छाडेर १११ को ब्याचबाबाट तीन जनालाई बढुवा गरिएको थियो । त्यसबेला रवि लामिछाने गृहमन्त्री थिए ।

    यसपटक भने वरियता भन्दै गुप्तचर टोलीलाई राखिएको छ । बढुवा सिफारिस हुने पाँचै जना शक्तिशाली रहेकाले बरियतामा अगाडि रहेको भन्दै उनीहरुको बढुवा सिफारिस भएको स्रोत बताउँछ ।

    पाँचै जना नेपाली कांग्रेसका निकट हुन् भने उनीहरु आर्थिक रुपमा पनि शक्तिशाली मानिन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार