Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमत

    महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमत

    अनलाइन नेपाल
  • शनिबार, ८ मंसिर २०८१
  • 237
    SHARES

    एजेन्सी । भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन भारी बहुमतले विजयी भएको छ ।

    २ सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धनले १८४ सिट जितिसकेको छ भने ४५ सिटमा अग्रता कायम गरेको छ ।



    भाजापा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपीसहितको महायुती गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको हो । चुनावी परिणामसँगै महाराष्ट्रमा सत्तारुढ गठबन्धनले निरन्तरता पाउने भएको छ ।



    झारखण्डमा जेएमएमसहितको गठबन्धन विजयी भएको छ । महाराष्ट्र र झारखण्डसँगै विभिन्न राज्यमा २ लोकसभा र ४६ विधानसभा सिटका लागि उपनिर्वाचन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार