Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रहेनन् पूर्वमन्त्री पदम राई

    रहेनन् पूर्वमन्त्री पदम राई

    अनलाइन नेपाल
  • शनिबार, ८ मंसिर २०८१
  • 486
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ ।

    पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रममा शनिबार वीर अस्पतालमा निधन भएको हो ।



    भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय उनी हाल केन्द्रीय सदस्य थिए । राई तत्कालीन एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लागेका थिए ।



    वैद्यको पार्टी फुटेपछि उनले नेत्रविक्रम चन्द ‘विप्लव’ साथ दिएका थिए । तर पछि उनी माओवादीमा फर्किएका थिए । उनको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार