Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रहरी सेवालाई थप प्रभावकारी र पारदर्शी बनाउनुपर्छ : आईजीपी कुँवर

    प्रहरी सेवालाई थप प्रभावकारी र पारदर्शी बनाउनुपर्छ : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • शनिबार, ८ मंसिर २०८१
  • 222
    SHARES

    नुवाकोट । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी सेवालाई थप प्रभावकारी र पारदर्शी बनाउनुपर्ने बताएका छन्।

    जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नवनिर्मित भगवती मन्दिर र नागरिक सहायता कक्षको उद्‍घाटन गर्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।



    प्रहरी सेवा प्रवाहलाई पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउनुपर्ने उनको भनाई छ ।



    नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बर्द्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको आईजीपी कुँवरले बताए।

    प्रहरी महानिरीक्षक कुँवरले सीमित साधन स्रोतका बाबजूद पनि प्रहरीले आफ्नो शतप्रतिशत योगदान दिने प्रयास हरदम गरिरहेको बताए ।

    प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउन सक्ने विपदजन्य घटना सबैको चुनौतिको रूपमा रहेको आईजीपी कुँवरले बताए।

    यसको सामनाको लागि सुरक्षा निकायको सुदृढ तयारीका साथै सरोकारवाला निकायहरूको सामूहिक प्रयास, ऐक्यबद्धता र प्रभावकारी समन्वय अपरिहार्य रहेको आईजीपी कुँवरले बताए ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गरे ।

    जोखिमहरूको विश्लेषण गरी निर्वाचन सुरक्षा योजना निर्माण गर्न तथा कार्यान्वयनको निम्ति तयारी अवस्थामा रहन आईजीपी कुँवरले निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार