Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पूर्व गृहमन्त्री रवि र पूर्व डीआईजी छविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

    पूर्व गृहमन्त्री रवि र पूर्व डीआईजी छविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ मंसिर २०८१
  • 411
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

    चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।



    उनीसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले पक्राउ गर्न अनुमति दिएका हुन् ।



    उनका अनुसार रवि र छविसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको बताइएको छ । बुधबार सहकारी पीडितले रवि र छविसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।

    साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार