काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् ।
राष्ट्रिय संसद्को ११औँ महासभामा सहभागी हुन सभामुख घिमिरे राति सवा १० बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
शनिबारदेखि सोमबारसम्म सहासभाका विभिन्न बैठक र कार्यक्रममा सहभागी भएर सभामुख घिमिरे मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
उनले महासभाका क्रममा केही भेटवार्ता र ‘साइडलाइन मिटिङ’ पनि गर्नेछन् ।
Leave a Reply