Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नक्कली बैंक भौचर देखाएर जग्गा पास गर्ने फरार प्रतिवादी पक्राउ

    नक्कली बैंक भौचर देखाएर जग्गा पास गर्ने फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ मंसिर २०८१
  • 342
    SHARES

    काठमाडौं । प्रहरीले ठगी सम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको शहिद लखन गाउँपालिका-१ का घर भई हाल काठमाडौं महानगरपालिक-२ मा बस्दै आएका ४८ वर्षीय गोपाल थापा रहेका छन् ।

    थापाले जग्गाधनीलाई बैंकमा ९५ लाख रूपैयाँ जम्मा गरिदिएको भन्ने नक्कली बैंक स्लिप (भौचर) समेत देखाएर ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । थापाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार थापाले रकम जम्मा गरेको नक्कली भौचर देखाएर काठमाडौं चन्द्रागिरि नगरपालिका-२ बाडभञ्ज्याङस्थित कित्ता नं. २४४ (क्षेत्रफल ०-५-२-२) र कित्ता नं. ४९९ (क्षेत्रफल ०-२-१-०) जग्गा राजीनामा पास गराएका थिए । तर, स्लिप नक्कली भएको पाइएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।



    थापालाई बुधबार साँझ काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको हो । थापालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार