Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको आरोप

    भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, ६ मंसिर २०८१
  • 207
    SHARES

    एजेन्सी। । भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको आरोप लागेको छ ।

    अडानीमाथि अमेरिकामा ठेक्का अनुबन्धका लागि २५० मिलियन डलर घुस दिने योजना बनाएको र त्यसलाई लुकाउने प्रयत्न गरेको आरोप लागेको हो ।



    न्यूयोर्कको संघीय अदालतले अडानीसहित ७ जनाविरुद्ध ठगी र घुसखोरीको आरोप लगाएको छ।



    संयुक्त राज्यका वकिलको कार्यालयका अनुसार अडानीले भारतमा सौर्य ऊर्जा परियोजना सुरक्षित गर्न भारतीय अधिकारीहरूलाई २५ करोड डलर घुस दिने वाचा गरेका थिए ।

    यो रकम जुटाउन अमेरिकालगायत अन्य देशका लगानीकर्ता र बैंकसँग झुट बोलेको आरोप छ। आरोप लागेकाहरूमा अडानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र अडानीसँग नजिक रहेका सागर र विनीत जैन पनि समावेश छन्।

    गौतम अडानी र सागर अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको दाबी गरिएको छ। अडानी समूह सन् २०२३ देखि नै सन्देहको घेरामा काम गरिरहेको समाचारमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार