Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • प्रहरी चौकी बराहक्षेत्रको नवनिर्मित भवनको उद्‍घाटन

    प्रहरी चौकी बराहक्षेत्रको नवनिर्मित भवनको उद्‍घाटन

    अनलाइन नेपाल
  • बुधबार, ५ मंसिर २०८१
  • 249
    SHARES

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाका-१ स्थितमा रहेको प्रहरी चौकी बराहक्षेत्रको नवनिर्मित भवनको उद्‍घाटन भएको छ ।

    बुधबार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले प्रहरी चौकीको शिलालेख अनावरण गरी भवनको बिधिवत रुपमा उद्घाटन गरेका हुन् ।



    नवनिर्मित भवनको समुद्‍घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख खापुङले धरतीको पहिलो तिर्थ स्थल बराहक्षेत्रमा प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवन निर्माण सम्पन्न भई उद्‍घाटन भएकोमा निर्माण कार्यमा सहयोग पुर्‍याउने सम्पुर्ण महानुभावहरुमा बधाई तथा धन्यवाद व्यक्त गरे ।



    साथै उनले आगामी दिनहरुमा जनस्तरमा प्रहरीले प्रदान गर्ने शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान हुनेमा आफु विश्वस्त रहेको बताए ।

    उनले प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नयाँ भवन प्राप्त भए संगै आम नागरिकमा प्रहरीले प्रदान गर्ने सेवामा थप गुणस्तर सहितको प्रहरी सेवा प्रदान गर्न तथा भवनको सरसफाई रेख देख संरक्षण नियमितरुपमा गर्न समेत निर्देशन दिए ।

    नेपाल सरकारको नियमित बजेट ३ करोड १९ लाख ४० हजार रुपैयाको लागतमा अढाई तल्ले सुबिधा सम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार