Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • राजनीतिक स्थायीत्वका लागि एमालेसँग मिलेर सरकार बनायौँ : गृहमन्त्री लेखक

    राजनीतिक स्थायीत्वका लागि एमालेसँग मिलेर सरकार बनायौँ : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • बुधबार, ५ मंसिर २०८१
  • 231
    SHARES

    महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनिति गर्न नहुने बताएका छन् ।

    बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    कसैले पनि विकासमा राजनिति गर्न नहुने गृहमन्त्री लेखकको भनाई छ । गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताए ।



    गृहमन्त्री लेखकले भने,’चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौ । चुनाव तिजतिसकेपछि विकासको मुद्धामा सबै मिलेर अगाडी बढ्नुपर्छ । लोकतन्त्रमा जनताका अधिकारहरुको सुरक्षा गर्ने,स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो । त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ। त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भुमिका महत्वपूर्ण छ ।’

    स्थानीय सरकारले सहजढंगले जनतालाई सेवा प्रदान गर्नुपर्ने गृहमन्त्री लेखकले बताए ।

    गृहमन्त्री लेखकले देशमा विधिको शासन कायम गर्न र विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको बताए।

    वर्तमान सरकार देशमा स्थिरता र शुसाशन कायम राख्नका लागि बनेको गृहमन्त्री लेखकले बताए ।

    जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नती गर्ने सवालमा सरकार क्रियाशिल भएर लागेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार