Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • आजको मौसम : तराईमा हुस्सु, पहाडी भागमा हल्का वर्षाको सम्भावना

    आजको मौसम : तराईमा हुस्सु, पहाडी भागमा हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बुधबार, ५ मंसिर २०८१
  • 33
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।



    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार