काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएका छन्।
उपसभापति अर्यालले मंगलबार अपराह्न ५:३० बजे केन्द्रीय कार्यालय च:मतिमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचन तयारीलगायत विषयमा छलफल हुने बताइएको छ।
रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालय चस्मतिबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो।
लामिछानेमाथि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। लामिछानेले पार्टीमा कार्यवाहक सभापति कसैलाई पनि तोकेका छैनन्।
उपसभापति अर्यालले केन्द्रीय कार्यालयमा उपस्थित १४ जना केन्द्रीय समितिका नेताको सुझावमा बैठक आह्वान गरेका छन् । बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।
Leave a Reply